FLASH NEWS
  • Loading...

डाबरले बेचेको मह अखाद्य, तर कारबाही गर्ने निकाय मौन ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६७ पटक पढिएको
डाबरले बेचेको मह अखाद्य, तर कारबाही गर्ने निकाय मौन ?

डाबरले उत्पादन गरि बिक्रीका लागि बजारमा पठाएको मह अखाद्य रहेको प्रमाणित भइृसक्दा पनि कारबाही गर्न सरकारी निकायले आट गरिरहेको छैन् ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको केन्द्रिय खाद्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डाबर नेपालको मह अखाद्य रहेको पुष्टि भएको हो ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग अन्तर्गतको चितवन कार्यालयले २०७७ भाद्र २५ गते नारायणगढ बजारबाट डाबरको स्याम्पल उठाएर परिक्षणका लागि बिभागको केन्द्रिय प्रयोगशालामा पठाएको थियो ।

 सो रिपोर्ट झण्डै २ वर्ष  अगाडिनै आएपनि अहिले सम्म डाबरका लागि कारबाहीको प्रक्रिया समेत अगाडी बढेको छैन् । डाबरको मह परिक्षण गर्दा HydroxymethyFurfural को मात्रा बढि भएको प्रमाणित भएको थियो । हाइड्रोक्सिमेथाइलफरफुरलको मात्रा बढि भएको महको सेवनले क्यान्सर बनाउन सक्ने बताईन्छ ।

यसको मात्रा बढि भएको मह मानव स्वास्थ्यका लागि हानिकारक हुने र अखाद्य हुने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए ।

बिरगंजमा उत्पादन भएको मह भएकाले आफुहरुले सो रिपोर्ट बिरगंज स्थीत कार्यालयलाई फरर्वाड गरी त्यहीबाट मुद्धा चलाउन पत्राचार गरिएको अधिकारीको भनाई छ ।

बिरगंज कार्यालयका कार्यालय प्रमुख बिक्की राउतले डाबरलाई बयानका लागि आफुले पत्र काटेकोे र बयान लिएर मुद्धाका लागी सरकारी कार्यालयमा पेश गर्ने बताए ।  

बार्षिक ७ सय बढि टन मह बेच्ने कम्पनिले अखाद्य मह बिक्री गरेको प्रमाणित समेत भईसक्दा पनि कारबाही गर्न सरकारी निकायले ढिला गर्नु विडम्वना भएको उपभोक्ता अधिकारकर्मी बिष्णु भुषालले बताए ।

त्यस्तै  Apis india ले उत्पादन गरेको मह पनि अखाद्य भएको परिक्षणबाट प्रमाणित भएको छ । यसलाई पनि मुद्धा चलाएर कारबाही हुने बिभागले जनाएको छ ।

*समाचार केटिएम दैनिकमा प्रकाशित छ ।