FLASH NEWS
  • Loading...

हल्का देखि मध्यम वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७० पटक पढिएको
हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केहि स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैविच भारतिय माैषमविदहरूले भारतकाे उत्तरी राज्यहरूमा लगातार १५ दिन पानी पर्ने अनुमान गरेका छन । त्यसकाे प्रभाव नेपालमा पनि पर्न सक्छ ।