FLASH NEWS
  • Loading...

थप ३९१ जनामा कोरोना संक्रमण, २२७६ सक्रिय संक्रमित

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४२ पटक पढिएको
थप ३९१ जनामा कोरोना संक्रमण, २२७६ सक्रिय संक्रमित

पछिल्लो चौबिस घण्टामा देशभर थप ३९१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ४६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ३ हजार ९८१ नमुना परीक्षण गर्दा ३९१ जना संक्रमण पुष्टि भएको हो । जसमा २ हजार ५६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३४० र १ हजार ४१९ सय जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५१ जना रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ हजार १४३ जना र संस्थागत आइसोलेसनमा १३३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा २१ जना उपचाररत रहेका छन् ।