FLASH NEWS
  • Loading...

कोरोना अस्थायी अस्पतालका कर्मचारीले साउनबाट तलब नपाउने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३३ पटक पढिएको
कोरोना अस्थायी अस्पतालका कर्मचारीले साउनबाट तलब नपाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको पारिश्रमिक साउन १ गतेबाट उपलब्ध नगराउने भएको छ। 

देशभर रहेका कोभिड-१९ अस्थायी अस्पतालमा सेवाग्राही कम र खर्च धेरै भएकाले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्रालयको सहप्रवक्ता डा. समिर अधिकारीले बताए। उनका अनुसार, अतिआवश्यक ठाउँमा स्थानीय तहले आफ्नो स्रोत मार्फत सेवा दिन सक्नेछन्। 

यस्तै मन्त्रालयले मध्यम र जटिल केश व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा अस्पताल तोक्ने निर्णय गरेको छ। मन्त्रालयले तोकेका अस्पतालमा प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा जनकपुर प्रदेशिक अस्पताल र नारायणी अस्पताल रहेका छन्।

त्यस्तै, बागमती प्रदेशबाट शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।

गण्डकी प्रदेशबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङ तोकिएका छन्।

यसैगरी लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज रहेका छन्। कर्णाली प्रदेशबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत तोकिएका छन्। सुदूरपश्चिम प्रदेशबाट डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पताल रहेका छन्।