FLASH NEWS
  • Loading...

बाढीले मुस्ताङको कागवेनीमा क्षती

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३९ पटक पढिएको
बाढीले मुस्ताङको कागवेनीमा क्षती

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ४ कागवेनीमा अवस्थित हिन्दुहरुको पृति उद्धारकालाागी श्राद्ध/तर्पणस्थल गत शनिवार कागखोलामा आएको बाढीले क्षतिग्रस्त भएको छ ।
शुक्रवार राती वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको थोरङ्ला पास र मुक्तिनाथ क्षेत्रमा परेको भारी वर्षापछि कागखोलामा आएको बाढीले हिन्दुहरुको पवित्र तिर्थस्थल तथा पृतिकालागी श्राद्धस्थल मुस्ताङ्गको कागवेनी स्थित श्राद्ध/तर्पण स्थलमा गेग्रानले पुरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कागवेनीमा रहेका पुजारी प्रताप आचार्यका बाढीले कागखोला र कालीगण्डकी नदीको दोभानमा रहेको कागवेनीमा रहेका तर्पणस्थल, पीण्ड तथा श्राद्ध दिने घरहरु भत्काएको छ । कागखोला (कागवेनीखोला) तर्न बनाएको काठेपुलमा क्षति पुऱ्याएको छ । आचार्यले शुक्रवार राती ११ बजे फेसवुक लाईभ गरी बाढीले वितण्डा देखाएका छन ।
दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट आउने कागखोलाको संगमस्थलमा अवस्थित कागवेनीमा पुगी श्राद्धगरेमा पितृहरुको उद्धार हुने विश्वासमा हिन्दुहरु कागवेनी पुगी श्राद्ध गर्छन । त्यसैगरी कागबेनीमा पृति उद्धारपछि मुक्तिनाथका एक सय आठधारामा नुहाएमा अज्ञानतावस भएको पाप मोचन भै मोक्ष प्राप्त हुने जनविश्वास पनि छ ।

त्यसैगरी मध्यमस्तरको वर्षापछि बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका, १ बेगखोलामा आएको बाढीले यातायात अवरुद्ध छ । सदरमुकाम बेनीदेखी १२ किलोमिटर उत्तर बेनी–जोमसोम सडक खण्डको बेगखोलामा पुल नहुँदा यात्रुले वर्षेनी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।
०७३ भदौ १५ गते राती आएको बाढीले ११ वटा घरसमेत बेलिब्रिज र सँगै रहेको झोलुङ्गे पुल कालीगण्डकीमा मिसाएको थियो । त्यसयता बेगखोलामा मोटरपुल मात्र होईन सामान्य ह्युमपाईप राखेर कल्भर्ट समेत बनाईएको छैन । बेगखोला खहरे खोला हो । बेग, बान्दुक लगाएत माथिल्लो ठूलो भीर, जंगलबाट भेलजम्मा भै तल आउने र बेगको पुछारमा ठूलो पहिरो चलेकोले बेगखोलाले गेग्रान धेरै ल्याउने गर्छ ।