FLASH NEWS
  • Loading...

आज यी क्षेत्रमा हल्का देखि मध्यम वर्षाको सम्भावना, थोरै स्थानमा भारी वर्षाको आकलन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६१ पटक पढिएको
आज यी क्षेत्रमा हल्का देखि मध्यम वर्षाको सम्भावना, थोरै स्थानमा भारी वर्षाको आकलन

आज शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

राति धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेशका एक-दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत आकलन गरिएको छ।

शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १ र बाग्मती प्रदेशका एक(दुई स्थान साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७९/०३/२४ गते विहान ०६:०० बजे

२०७९ असार २४ गते (शुक्रबार)

दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै  बांकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । 

 २०७९ असार २५ गते (शनिबार)

दिउँसो:   गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखी पूर्ण  बदली रहनेछ र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णीली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।