FLASH NEWS
  • Loading...

आइतबार सार्वजनिक बिदा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९५ पटक पढिएको
आइतबार सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार यही २६ गते आइतबार सो पर्व परेको हुँदा विदा दिने निर्णय भएको जनाएको छ । मुस्लिम आयोगको अनुरोधमा सरकारले विदा दिएको हो ।

मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व वि.सं. २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई उक्त दिन देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको हो ।