FLASH NEWS
  • Loading...

म्याग्दीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४३ पटक पढिएको
म्याग्दीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सुरु भएको हो । प्रतियाेगिताकाे जिल्ला समन्वय समितिका संयाेजक राजकुमार थापाले एक कार्यक्रम विच बेनी खुल्ला मञ्चमा उद्घाटन गरे ।

असार २० र २१  दुई दिन सम्म सञ्चालन हुने प्रतियाेगितामा कति विद्धालयका कति खेलाडी सहभागी छन,खुलाइएकाे छैन । याे प्रतियाेगिता अागामी असार २३ र २४ गते पाेखरामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि छनाैट गरिने छ ।

प्रतियाेगितामा छात्र÷छात्रा,कवड्डी ,एथलेटिक्स ,कराते ,तेक्वान्दो र उसु विद्यामा खेलाडी छनौट गरिने भएको छ । प्रतियोगिताका विजेता विद्यालयलाई ट्रफी,प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।