FLASH NEWS
  • Loading...

मंगलाका सवै बालबालिकामा पूर्णखाेप सुनिश्चित

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७० पटक पढिएको
मंगलाका सवै बालबालिकामा पूर्णखाेप सुनिश्चित

१५ महिना उमेर भित्र पाउनु पर्ने सवै खाेप सुनिश्चित गरी म्याग्दीकाे मंगला गाउँपालिकालाइ पुर्णखाेप सुनिश्चित पालिका घाेषणा गरिएकाे छ ।

पालिका भित्रका १६–२३ महिना भित्रका सवै २ सय ७० जना बालबालिकाले १५ महिनाभित्र पाउनु पर्ने खाेप पाएकाे सुनिश्चित भएकाे दावी गरी साेमबार जिल्ला खाेप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले मंगला गापालाइ पूर्णखाेप सुनिश्चित पालिका घाेषणागरी प्रमाण पत्र दिएका हुन ।

पालिकाका सवै बालबालिकाले १२ प्रकारका राेग विरूद्धका खाेप पाएका हुन ।