FLASH NEWS
  • Loading...

सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५० पटक पढिएको
सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान

वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको सुन्दर बजार नपा, ४ का वडाध्यक्ष कृष्ण अधिकारीले बताए।

सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मान पत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको हो । यस्तै, सुन्दरबजार नगरपालिका-९ की पूर्णकुमारी अधिकारी र चन्द्री गुरुङलाई पनि समाजले सम्मानित गरेको छ ।

कार्यक्रमको अवसरमा समाजले ७९ वर्षदेखि ९० वर्ष उमेर समूहका २० जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यवनप्रास प्रदान गरिएको छ । समाजमा सुन्दरबजार नगरपालिका-८ र ९ का गरी ७३ जना ज्येष्ठ नागरिक आवद्ध छन् ।