FLASH NEWS
  • Loading...

चित्रमा हेर्नुस तीन महिना हुने मनसुनी वर्षाकाे पूर्वानुमान

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५३ पटक पढिएको
चित्रमा हेर्नुस तीन महिना हुने मनसुनी वर्षाकाे पूर्वानुमान

जुलाई, अगस्त र सेप्टेम्बर महिनामा नेपाल भरिनै औसत भन्दा बढी पानी पर्ने पुर्वानुमान छ। जुलाई र अगस्त महिनामा पूर्व क्षेत्र भन्दा मध्य र पश्चिमा क्षेत्रमा औसत भन्दा (आफ्नो क्षेत्रको) बढी पानी पर्ने देखिन्छ । सेप्टेम्बर महिनामा भने तराइ क्षेत्रमा यो मात्रा बढि छ।

यसबर्षको मनसुनी महिना (जुलाई, अगस्त, सेप्टेम्बर) मा हुने बर्षा को पुर्वानुमान: तलको चित्रमा यसबर्ष कती बढी वा कम बर्षा (मिलिमिटर/प्रतिदिन) हुन्छ भनेर देखाइएको छ। रङ अनुसारको मात्रा चित्रकाे तल स्केल बार मा देखाइएको छ ।

यो मौसमी पूर्वानुमान The APEC Climate Center (APCC) ले विश्वका ११ देशहरूमा रहेका १५ जलवायु पूर्वानुमान केन्द्र र संस्थाहरूबाट प्राप्त जलवायु मोडेलहरू को नतिजा प्रयोग गरी बहु-मोडेल (ensemble) विधि मार्फत तयार पारेकाे चित्र नेपाल विपद वाचले सार्वजनिक गरेकाे छ ।