FLASH NEWS
  • Loading...

प्रदेश १, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०२ पटक पढिएको
प्रदेश १, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा परेको छ। अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

बुधवार बिहान प्रदेश १, मधेश र बागमती प्रदेशका केही स्थानमा वर्षा  भइरहेको छ। दिउँसो र राति प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।