FLASH NEWS
  • Loading...

म्याग्दीका प्रकाश पुन हङकङका लागि पर्यटन दूतमा नियुक्त

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५२ पटक पढिएको
म्याग्दीका प्रकाश पुन हङकङका लागि पर्यटन दूतमा नियुक्त

हङकङका लागि नेपाली पर्यटन दूतमा पहिलो पटक प्रकाश पुन नियुक्त भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो ।

दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय गर्छन । उनी हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुन ।

नेपालको कला र नेपाली उत्पादनलाई हङकङको बजारमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्याउन पुनले महत्वपुर्ण योगदान पुर्याएका छन ।

नेपाली संघ स्थापना गर्नुभएको थियो । पुन म्याग्दी प्रवासी नेपाली संघ (मोना) को संस्थापक अध्यक्ष हुन । पुनले पोखरा नगरपालिकासँग चीनको सीचुवान प्रान्तको इवीन सिटीसँग २०१७ मा भगीनी सम्बन्ध स्थापना गर्न पुनको महत्वपूर्ण योगदान छ ।

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील पुन एनआरएनको संस्थापक हुँदै, कोषाध्यक्ष र आइसिसी सल्लाहकारको जिम्मेवारी संहालेका थिए।