FLASH NEWS
  • Loading...

पर्वतारोही निर्मल पुर्जालाई बेलायती महारानीबाट एमबीई पदक प्रदान

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३१५ पटक पढिएको
पर्वतारोही निर्मल पुर्जालाई बेलायती महारानीबाट एमबीई पदक प्रदान

कीर्तिमानी आरोही निर्मल पुर्जाले बेलायती महारानीबाट प्रदान गरिएको मेम्बर अफ द मोस्ट इक्सिलेन्ट अर्डर अफ द ब्रिटिश अम्पाएर (एमबीई) पदक ग्रहण गरेका छन् ।
उनले सामाजिक सञ्जालमा हिजो विन्जर क्यासलमा सो तक्मा ग्रहण गरेको बताएका छन् ।
विन्जर क्यासल बेलायती महारानीको बसोबास गर्ने दरबारमध्ये एक हो । जहाँ अहिले बेलायती महारानी बसोबास गरिरहेकी छिन् ।
हिमालमा अद्वितीय उद्धार कार्य गरेकोमा उनलाई सन् २०१८ मा सो पदक प्रदान गरिएको हो । बेलायती सेनाको विशेष दस्तामा रहँदा नै उनले सगरमाथा आरोहणका क्रममा अभरमा परेका आरोहीहरुलाई उद्दार गरेका थिए ।
सो पदक ग्रहण गर्नका लागि पुर्जा पत्निसहित गएका थिए ।
उनले सबैलाई धन्यवाद दिँदै आफ्नो सपनामा विश्वास गरेमा त्यसलाई साकार बनाउन सकिने बताएका छन् ।