FLASH NEWS
  • Loading...

जिसस मुस्ताङमा प्रमुखमा माया गुरुङ र उपप्रमुखमा आईतेलाल थकाली निर्विरोध

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३१ पटक पढिएको
जिसस मुस्ताङमा प्रमुखमा माया गुरुङ र उपप्रमुखमा आईतेलाल थकाली निर्विरोध

जिल्ला समन्वय समिति मुस्ताङको निर्वाचनमा नेकपा एमाले र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेको ६ सदस्य र राप्रपाको १ सदस्य निर्विरोध भएका छन्।

जिसस मुस्ताङको प्रमुखमा वारागुङ मुक्तिक्षेत्र–१ झारकोटकी माया गुरुङ जिसस प्रमुख र घरपझोङ गाउँपालिका–३ स्याङका आईतेलाल थकाली जिसस उपप्रमुख पदमा निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै जिससको सदस्य पदमा थासाङ गाउँपालिकाबाट उमेश विक, घरपझोङ गाउँपालिकाबाट विन्दु नेपाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट शान्ता कुमारी विक र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट टसि ल्हामो सेनचरीको एकल उम्मेदवारी परेकाे थियाे । त्यस्तै,  एमालेकाे समर्थनमा राप्रपालाई विमल नेपाली पनि निर्विरोध जिसस सदस्य भएका छन । 

जिसस निर्वाचनको लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकोमा नेकपा एमालेको ६ र राप्रपाको १ जना सदस्यको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका हुन । तर अाैपचारिक रूपमा भने अायाेगले घाेषणा गर्न बाँकी छ । ५ स्थानीय तह रहेको मुस्ताङमा एमालेले ४ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको थियो। नेपाली कांग्रेसले १ अध्यक्षसहित २ उपाध्यक्ष पद जितेको थियो।