FLASH NEWS
  • Loading...

५ – ११ बर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप : दुई चरणमा सम्पन्न गर्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३७ पटक पढिएको
५ – ११ बर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप : दुई चरणमा सम्पन्न गर्ने

सरकारले असारको दोस्रो साता देखि ५ देखि ११ बर्ष उमेर समूहका ३७ लाख बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप तयारी थालेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधा मार्फत ८४ लाख डोज फाइजरको (पेडियाट्रिक डोज) खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएपछि स्वास्थ्य सेवा विभागले बालबालिकालाई खोप दिने व्यवस्था मिलाउने तयारी थालेको हो ।

स्रोतका अनुसार विभागले असारको दोस्रो साता देखि खोप सञ्चालन गर्ने र दुई चरणमा खोप दिने योजना गरेको छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकाहरुलाई र दोस्रो चरणमा ५० जिल्लाका बालबालिकाहरुलाई खोप दिईने भएको हो ।

सरकारले अहिले १२ बर्ष देखि माथिका सबै उमेर समूहलाई कोभिडविरुद्धको खोप दिदै आएको छ । स्वास्थ्य मन्त्रालयले पूर्ण खोप लगाएका तीन महिना पुगेका व्यक्तिले अतिरिक्त बुस्टर डोज लगाउन आव्हान गरेको छ ।

देशमा कोभिड संक्रमण न्युन हुँदै जाँदा कोभिडविरुद्धको खोप लगाउनेको संख्यामा समेत ह्रास आएको छ ।