FLASH NEWS
  • Loading...

‘सुर्तीजन्य पदार्थ त्यागौँ : स्वास्थ्य र बाताबरण जोगाऔं’

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५२ पटक पढिएको
‘सुर्तीजन्य पदार्थ त्यागौँ : स्वास्थ्य र बाताबरण जोगाऔं’

आज ३१ मे, २०२२ अर्थात विश्व सुर्तीजन्य पर्दा रहित दिवस । सुर्तीजन्य पदार्थको प्रयोग त्याग्न अभिप्रेरित गर्दै संसारभर यो दिवस मनाईदै छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाईदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले यसबर्षको नारा सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔं भन्ने तय गरेको छ । केन्द्रका निर्देशक सुनिलराज शर्माले दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै यसवर्षको नाराले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा मात्र नभई वातावरणमा पनि गम्भीर असर पार्दछ भन्ने विषयलाई प्रकाश पारेको बताउँछन् ।

सुर्तीजन्य पदार्थको प्रत्योगले निम्त्याउने असर

विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गर्दछ ।

नेपालमा हरेक वर्ष २७१३७ मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ, जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरुः क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ ।

सुर्तीजन्य पदार्थले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यमा असर त गर्छ नै यसका साथै यसले वातावरणमा पनि गम्भीर असर गर्दछ । सुर्तीजन्य पदार्थको खेती र उत्पादन गर्ने क्रममा, प्रयोग÷सेवन गर्दा र प्रयोग पश्चातका फोहोरले पानीका स्रोत, माटो, वायु र शहर नै प्रदुषित भइरहेको अवस्था छ ।

‘सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभई सम्पुर्ण वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु वा सेवन नगर्नु नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले सुर्तीजन्य पदार्थको खेती, उत्पादन, सेवनका कारण निम्त्याउने वातावरणीय प्रभावलाई न्युनीकरण गर्न सुर्तीजन्य पदार्थ रहित दिवसलाई वर्षैभरि अभियानको रुपमा संचालन गर्नु पर्दछ । यसमा प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी संस्था, राजनितिक नेतृत्व, नागरिक समाज, पत्रकार लगायत सम्पूर्ण सरोकारवाला तथा आम नागरिकहरुको भूमिका महत्वपुर्ण रहन्छ,’ विज्ञप्तीको अन्त्यमा भनिएको छ ।