FLASH NEWS
  • Loading...

म्याग्देलीचेली दीया पुनले चढिन् सगरमाथा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७६ पटक पढिएको
म्याग्देलीचेली दीया पुनले चढिन् सगरमाथा

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ५ शिख पुख्याैली थलाे भै हाल युकेमा बसाेबास गर्दै अाएकी नायिका दीया पुनले सगरमाथाको सफल आरोहण गरेकी छिन् ।

उनले शुक्रबार बिहान सगरमाथाको आरोहण गरेको उनीसँगै सगरमाथामा पुगेका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) ले पुष्टी गरेका छन् । सो आरोहणमा निम्स, दीया लगायत २० जनालाई सफलता मिलेको थियो ।

पुर्जाको इलाइट एक्सपीडिसन्सबाट उनले सगरमाथा आरोहण गरेकी थिइन् । पुर्जाले आरोहणमा चार जना शेर्पाले पनि सगरमाथा पुग्ने मौका पाएको बताएका छन् ।

आरोहणमा सहभागी सबैजना अहिले साउथ कोलमा फर्किसकेको र सबैको अवस्था राम्रो रहेको पनि पुर्जाले बताएका छन् ।

पेशाले नर्स नायिका दीया पुनले सगरमाथा आरोहणका क्रममा तीनवटा च्यारिटीलाई सहयोग पनि संकलन गरेकी छिन् । जसमा जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

हङकङमा जन्मेर कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । उनले अभिनय गरेका चलचित्रहरुमा वीरविक्रम, मिस्टर झोले, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका छन् । उनले मनासलु हिमालको पनि आरोहण गरिसकेकी छिन् ।