FLASH NEWS
  • Loading...

दिउँसाे हावाहुरीसहित वर्षाकाे सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२६ पटक पढिएको
दिउँसाे हावाहुरीसहित वर्षाकाे सम्भावना

आइतबार बिहानै देखी सामान्यदेखि पूर्ण बदली छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखी मध्यम वर्षाकाे संभावना छ ।  लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ। 

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।