FLASH NEWS
  • Loading...

म्याग्दीको अन्नपूर्णमा एमालेका भरतकुमार पुन र दिवा तिलिजा विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५७ पटक पढिएको
म्याग्दीको अन्नपूर्णमा एमालेका भरतकुमार पुन र दिवा तिलिजा विजयी

म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष एमालेका भरतकुमार पुन र उपाध्यक्षमा दिवा तिलिजा पुन विजयी भएका छन ।
यस अघि काँग्रेसले जितेको अन्नपूर्ण गापा अध्यक्षमा एमालेका भरत पुनले ४ हजार ५८ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बलबहादुर तिलिजाले ३ हजार ३ सय १६ मत पाए । अध्यक्षमा पुनले प्रतिद्वन्द्वी तिलिजाले भन्दा ७ सय ४२ मत बढी ल्याए । 
त्यस्तै, उपाध्यक्षमा एमालेकी दीवाकुमारी पुनले ४ हजार १५ मत पाएर विजयी भईन । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी ललिता तिलिजाले ३ हजार ३ सय ५८ मत पाईन । उपाध्यक्षमा दिवाले प्रतिद्वन्द्वी तिलिजाले भन्दा ६ सय ५७ बढी मतले विजय हाँसिल गरेकी हुन । 
अन्नपूर्ण गाउँपालिकाका ८ वडामध्य १, २, ३, ७ र ८ वडामा एमाले, ४, ५ र ६ वडामा काँग्रेस विजयी भएका छन ।

अन्नपुर्ण गापामा स्थानीय तह निर्वाचन ०७४ र ०७९ काे तुलना गर्दा यस्ताे देखियाे ।