FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयरमा ज्याेतिकाे अग्रता यथावत

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६७ पटक पढिएको
बेनी नगरपालिकाको मेयरमा सुरत केसी र उपमेयरमा ज्याेतिकाे अग्रता यथावत

बेनी नगरपालिकाको ५ नम्बर वडा पुलाचौरसम्मको मतगणना सार्वजनिक हुँदा नगरप्रमुखमा एमालेका सुरत केसीले ४ हजार २ सय ८२ मतसहित अग्रता लिएका छन । गठवन्धनका चिरिन्जीवि शर्माले ३ हजार ४ सय ३३ मतले पछ्याएका छन । मेयरमा केसी ८ सय ४९ मतले अगाडी देखिएका छन ।
त्यस्तै उपमेयरमा भने गठवन्धनकी ज्याति लामिछानेले ४ हजार १ सय १३ मत पाएर अग्रता लिएकी छिन । उपप्रमुखमा एमालेकी पशुपति शाहीले २ हजार ८ सय ६८ मतले पछ्याएकी छिन ।
बेनी नगरपालिका, १ देखी ५ नम्बर वडासम्मको सार्वजनिक मत परिणाम अनुसार १ र ५ मा एमालेका टेकबहादुर थापा र गोविन्द बानियाँ विजयी भएका छन । २ नम्बरमा गठवन्धनका (काँग्रेस) यामबहादुर कार्की र ३ र ४ नम्बर वडामा गठवन्धन (माओवादी केन्द्र)का पदम पुन र भगवान खड्का विजयी भएका छन ।