FLASH NEWS
  • Loading...

अन्नपुर्ण गाउँपालिकामा रोकिएको मतगणना सूचारु गर्न एमाले अन्नपुर्णको माग

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४९ पटक पढिएको
अन्नपुर्ण गाउँपालिकामा रोकिएको मतगणना सूचारु गर्न एमाले अन्नपुर्णको माग

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले अन्नपूर्ण गाउँपालिकामा रोकिएको मत गणना तत्काल सूचारु गर्न माग गरेको छ ।
पालिका कमिटीका अध्यक्ष धनबहादुर पुर्जाले सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी अन्नपूर्ण गापामा राकिएको मतगणना कानुन, विधीसम्मत यथाशिघ्र सूचारु गर्न निर्वाचन आयोग, स्थानीय प्रशासन प्रशासन कार्यालयसँग माग गरिएको छ ।
विज्ञप्तीमा अन्नपूर्ण गापा, ३ को मतपरिणाम घोषणा भैसकेपछि गापाको पशु सेवा शाखाका कर्मचारीसमेत काँग्रेस कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी चिरिन्जीवि रानाकै अगाडी मतगणनामा संलग्न कर्मचारीमाथी हातपात गर्ने, दुब्र्यवहार गर्ने, एमालेका स्थानीय नेता कार्यकर्तालाई मार्ने धम्की दिँदा स्थानीय प्रशासन मुकदर्शक रहेको आरोप लगाईएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘मतगणनामा संलग्न कर्मचारीमाथी हातपात गर्ने, दुब्र्यवहार गर्ने, एमालेका स्थानीय नेता कार्यकर्तालाई मार्ने धम्की दिँदा स्थानीय प्रशासन मुकदर्शक रहेको र प्रजिअ रानासमेतको टोली नेपाली काँग्रेसको कार्यालयमा गै लामो समय विताएर फर्केको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । जस्को जति निन्दा गरेपनि पुग्दैन ।’
विज्ञप्तीमा एमाले कार्यकर्ताहरु संयमित भएको कुरालाई कमजोरी नठान्न र विधी र कानुनसम्मत मतगणना प्रकृयामा सहभागी भै निर्वाचनमा हारजीतलाई स्वीकार गर्न पनि भनिएको छ ।
त्यसैगरी नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवाष विकले छुट्टै प्रेस विज्ञप्ती प्रकाशित गरी आफु एमालेको तर्फबाट मतगणना प्रतिनिधी रहेको र ३ नम्बर वडाको मतपरिणाम सार्वजनिक भै ४ नम्बर वडाको मतगणना हुनै लाग्दा काँग्रेस कार्यकर्ताले बाहिर हुलहुज्जत र नारावाजी गरेको र आफ्नो नाम समेत उल्लेखगरी वेईजतीपूर्ण नारावाजी गरिएको प्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।
उनले विज्ञप्तीमा भनेका छन, ‘म मतगणना प्रतिनिधी, सवै दलका उम्मेदवारहरु र अन्य दलका मतगणना प्रतिनिधीहरुसँगै प्रतिनिधीलाई छुट्याएको स्थलमै बसेको, मतगणना स्थलमा सिसी क्यामेरा समेत जडान गरिएकोले यी सवै कुरा जगजाहेर रहँदारहँदै सत्यतथ्य नुवझी मेरा विरुद्ध गरिएको चरित्र हत्या र गालिबेईजतीको पछि नलाग्न आग्रह गर्दछु ।’