FLASH NEWS
  • Loading...

मुस्ताङमा मतगणना सकियो, पाँच गाउँपालिका मध्य चारमा एमाले र एउटामा काग्रेस विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७७ पटक पढिएको
मुस्ताङमा मतगणना सकियो, पाँच गाउँपालिका मध्य चारमा एमाले र एउटामा काग्रेस विजयी

हिमालपारीको जिल्ला मुस्ताङका सवै पालिकाको मतगणना सकिएको छ । पछिल्लो मतगणना परिणाम अनुसार थासाङ गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १ सय ४४ मत पाएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी वालकुमारी शेरचनले एक हजार ५५ मत पाईन ।
थासाङको उपाध्यक्षमा भने काँग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत पाएकी छिन ।
घोषित मतपरिणाम अनुसार लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङ गाउँपालिकामा काँग्रेसले जितेको छ । एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष पनि गुमाएको छ ।