FLASH NEWS
  • Loading...

मंगला र अन्नपूर्णमा एमाले तथा मालिका र रघुगंगामा काँग्रेसको अग्रता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६१ पटक पढिएको
मंगला र अन्नपूर्णमा एमाले तथा मालिका र रघुगंगामा काँग्रेसको अग्रता

जिल्लाको कालीभेगका अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा क्रमश: एमाले र काँग्रेसले अग्रता लिएका छन ।
अन्नपूर्ण गापाको अध्यक्षमा एमालेका भरत पुनले ३ नम्बर वडाको आधावढी मत गन्दासम्म ९ सय ८३ मत र उपाध्यक्षमा एमालेकै दीवा तिलिजाले ९ सय ९० मतसहित अगाडी छन । यहाँ अध्यक्षमा काग्रेसका बलबहादुर तिलिजाले ६ सय ९० मत र उपाध्यक्षमा ललिता तिलिजाले ६ सय ९३ मत पाएकी छिन ।

अन्नपुर्ण गापाकाे वडा १ दाेवामा दिलिप गर्वुजा र २ मा अाेम फगामी नेतृत्वकाे एमालेकाे प्यानल विजयी भएकाे छ ।

त्यस्तै रघुगंगा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भवबहादुर भण्डारीले २ नम्बर वडा भगवतीको मत गन्दासम्म १ हजार २ सय १९ मतसहित अगाडी छन । एमालेका प्रेमबहादुर कार्कीले ९ सय मतले पछ्याएका छन । उपाध्यक्षमा माओवादी केन्द्रका रीम कटुवालले ९ सय २३ मतसहित अगाडी छन । एमालेकी यामकुमारी गर्वुजाले ८ सय ९३ मतले पछ्याएकी छिन ।

रघुगंगा गापा १ बेगमा काँग्रसका वीलबहादुर फगामीसहित प्यानल र २ नम्बर वडाध्यक्षमा अमित भण्डारी समेत पुरै प्यानल एमालेले विजय हात पारेकाे छ । बेगमा काँग्रसले विरासत जाेगाएकाे हाे भने भगवतीमा माकेबाट एमालेले विरासत खाेसेकाे हाे ।

त्यसैगरी पश्चिम म्याग्दीखोला भेगको मंगला गाउँपालिकामा एमाले र मालिका गाउँपालिकामा काँग्रेसले अग्रता लिएका छन ।
मंगलाको वडा नम्बर २ बाबियाचौरको मतपरिणाम आउँदासम्म अध्यक्षमा एमालेका सतप्रसाद रोकाले २ हजार ७८ मतसहित अग्रता लिएका छन । काँग्रेसका विरेन्द्र बुढाथोकीले १ हजार ४ सय ५ मतले पछ्याएका छन ।
उपाध्यक्षमा एमालेकै प्रेमकुमारी खत्रीले २ हजार १ सय ९० अग्रता लिएकी छिन । उपाध्यक्षमा काँग्रेसकी शर्मिला थापाले १ हजार ३ सय ७४ मतले पछ्याएकी छिन ।

मंगला गापा, १ कुहुँमा एमालेका एकजीत राेका र २ बाबियाचाैरमा एमालेकै धनबहादुर खातीले विजयी भएका हुन । दुवै वडामा एमालेले विरासत जाेगाएकाे हाे । 
त्यस्तै, मालिका गाउँपालिकाको ५ नम्बर वडा देविस्थानको मतगणना गर्दासम्म काँग्रेसका श्रीप्रसाद रोकाले २ हजार ३ सय ५० मतसहित अग्रता कायम राखेका छन । उनलाई एमालेका बेगप्रसाद गर्वुजाले २ हजार ८१ मतले पछ्याएका छन । अध्यक्षमा माओवादी केन्द्रका रशेम जुग्जालीले १ हजार ५ सय ४४ मत लिएका छन । उपाध्यक्षमा काँग्रेसकै पिपला बुढाले २ हजार ५ सय २८ मतसहित अगाडी छिन । उनलाई एमालेकी लक्ष्मी पुनले २ हजार १ सय ७३ मतले पछ्याएकी छिन । माओवादी केन्द्रकी गौरी सेन्चुरीले १ हजार २ सय ४४ मत पाएकी छिन ।

मालिकाकाे १ निस्काेट,  ४ अाेखरवाेट  र ५ देविस्थानमा काँग्रेसका क्रमश ः टंक पुन, भाेजेन्द्र पुन र भीम पुनले वडाध्यक्ष समेत प्यानल नै जितेका छन । मालिका २ रूममा एमालेका उदयकुमार बुढाथाेकीकाे प्यानल र वडा नं ३ डाँडागाउँमा माअाेवादी केन्द्रका माेतिप्रसाद वुढा विजयी भएका छन ।