FLASH NEWS
  • Loading...

लोमन्थाङमा एमाले विजयी,मुस्ताङका घाेषित चार मध्य तीन पालिकामा एमाले र एकमा काँग्रेसले जिते

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१६ पटक पढिएको
लोमन्थाङमा एमाले विजयी,मुस्ताङका घाेषित चार मध्य तीन पालिकामा एमाले र एकमा काँग्रेसले जिते

चीन सीमावर्ती कोरोला नाकामा अवस्थित मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
निर्वाचन कार्यालयका निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार पालिका अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मल लिएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टसी गुरुङले ५ सय १४ मत पाए ।
त्यस्तै, उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी भएकी छिन । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मत पाईन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोमन्थाङ गाउँपालिकाको ५ वडामध्य २, ३ र ४ मा एमाले र १ र ५ वडाध्यक्ष काँग्रेस विजयी भएका छन ।

मुस्ताङमा घाेषित चार पालिकामध्य लाेमन्थाङ, लाे घेकरदामाेदरकुण्ड र वारागुङमुक्ति क्षेत्र गापामा एमाले विजयी भएकाे छ । भने घरपझाेङ गापामा २ मतकाे झिनाे मतान्तरले काँग्रेस विजयी भएकाे छ । 

थासाङ गाउँपालिकाकाे मतगणना जारी छ ।