FLASH NEWS
  • Loading...

मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्षमा कांग्रेसका लालचन २ मतको अन्तरले विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१८ पटक पढिएको
मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्षमा कांग्रेसका लालचन २ मतको अन्तरले विजयी

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अन्तीम मतपरिणाम अनुसार काँग्रेसका मोहनसिं लालचनले ७ सय ६० मत लिएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका संञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए । अध्यक्षमा २ भोट मतान्तरले काँग्रेस विजयी भएका हुन ।
त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत लिएर विजयी भईन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाईन ।
मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । वडा ३ मा एमालेको सेट र ४ मा काँग्रेसको सेट विजयी भएको छ । १, २ र ५ मा यस अघि निर्विरोध भएको थियो ।