FLASH NEWS
  • Loading...

मुक्तिनाथमा एमाले विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२२ पटक पढिएको
मुक्तिनाथमा एमाले विजयी

मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
निर्वाचन कार्यालयका अनुसार पालिका अध्यक्षमा एमालेका रिङ्जीन नामगेल गुरुङ ८ सय ६७ मतसहित विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत पाए ।


त्यस्तै, उपाध्यक्षमा एमालेकै ढिकी गुरुङले ७ सय ४९ मतसहित विजयी भएकी छिन । उनकी निकटतम प्रतिद्वन्द्वी धेच आङमो गुरुङले ६ सय ७७ मत पाईन । 
निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको ५ वडामध्य १, ३ र ४ वडामा एमाले र २ तथा ४ वडामा काँग्रेस विजयी भएका छन ।