FLASH NEWS
  • Loading...

मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेको अग्रता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८३ पटक पढिएको
मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेको अग्रता

मुस्ताङको घरपझोङ गाउँपालिका, १ वडाको मत गणना सकिएको छ । घोषित मत परिणाम अनुसार १ नम्बर वडामा खसेको १ सय ५४ मतमध्य अध्यक्षमा एमालेका संञ्जय थकालीले १ सय ६ मत सहित अग्रता गरेका छन । त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी मीमकुमारी शेरचनले ७२ मतसहित अग्रता लिएकी छिन । अध्यक्षमा काँग्रेसका मोहनसिंह लालचनले ४५ मतले पछ्याएका छन । त्यस्तै उपाध्यक्षमा काँग्रेसकी जमुना थापा मगरले ४५ र राप्रपाकी कमला लालचनले १८ मतले पछ्याएका छन ।
घरपझोङ गापा वडा नं १ मा काँग्रेसका आसबहादुर थकाली, वडा नं २ मा काँग्रेसका मनबहादुर हिराचन र ५ नम्बर वडामा एमालेका प्रदीप थकाली वडाध्यक्ष निर्विरोध भएका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घरपझोङ र वारागुङमुक्तिक्षेत्र गाउँपालिकामा ९ बजेदेखी, लोमन्थाङमा ९.३० बजेबाट मत गणना सुरु भएको छ । थासाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १० बजेबाट मतगणना सुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीले बताए ।