FLASH NEWS
  • Loading...

निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२५ पटक पढिएको
निर्वाचन अधिकृतको कार्यालय स्थापना

अासन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्न बेनीमा मूख्य निर्वाचन अधिकृत र पालिकाहरूमा निर्वाचन अधिकृतकाे  कार्यालय स्थापना गरिएको छ ।

विहिवार वेनीमा जिल्ला समन्वय समितिको सभाहलमा मूख्य निर्वाचन अधिकृत कार्यालय, मंगला गाउँपालिकामा २ नम्बर वडा कार्यालयमा, अन्नपूर्ण गापामा पाेखरेअाधारभुत विधालयमा र अन्यमा पालिका कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएकाे छ । 

अन्नपुर्ण गाउँपालिकामा मुख्य निर्वाचन अधिकृत तेजनारायण पाैडेलले निर्वाचन कार्यालय उद्घाटन गरे । सर्वदलिय, पक्षिय उपस्थित रहेकाे कार्यक्रममा  मुख्य निर्वाचन अधिकृत पाैडेल र निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्वाचन अाचारसंहिता बारे जानकारी गराएकाे अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद पाैडेलले बताए । 

त्यसैगरी हिमालपारीकाे जिल्ला मुस्ताङकाे जाेमसाेम स्थित जिल्ला समन्वय समितिकाे कार्यालयमा मुख्य निर्वाचन अधिकृतकाे र अन्य पालिका कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरेका छन । कार्यालय स्थापनापछि ति पालिकाहरूमा निर्वाचन तयारी सम्बन्धी सर्वपक्षिय बैठककाे समेत अायाेजना गरेका थिए ।