FLASH NEWS
  • Loading...

एसईई तयारी पुरा, २२ सय ४५ विद्यार्थी सहभागी हुँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८० पटक पढिएको
एसईई तयारी पुरा, २२ सय ४५ विद्यार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा (एसईइर्) परीक्षा ०७८ तयारी पुरा भएको छ । बैशाख ९ गतेदेखी सुरु हुने एसइई परिक्षामा जिल्लाबाट १ हजार १ सय ६० छात्रासमेत नियमित तर्फ २ हजार २ सय ४५ विद्यार्थी सामेल हुँदैछन । ग्रेड बृद्धिका लागी ८ जनाले परीक्षामा सहभागी बन्ने छन ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्षको एसईइ परीक्षामा अपाङ्गता भएका १६ जना र परीक्षामा प्राविधिकधारका १ सय ३१ जना सहभागी हुँदैछन । परीक्षामा सवै ९ परीक्षा केन्द्रमा सम्बन्धीत विद्यालयका प्रध्यानध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै यस वर्ष पहिलो पटक जिल्लामा जडभरत शालग्राम गण्डकी संस्कृत माध्यमिक विद्यालयबाट ९ जना बटुकहरु एसईइ परीक्षामा सहभागी हुँदैछन । परीक्षामा खुल्ला तर्फ २९ जना, उज्यालो वैकल्पिक विद्यालयका ५ जना बयस्क विद्यार्थी पनि सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले बताए ।