FLASH NEWS
  • Loading...

म्याग्दीका सहकारीले पनि रोके लगानी, आर्थिक गतिविधी सुस्त

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७२ पटक पढिएको
म्याग्दीका सहकारीले पनि रोके लगानी, आर्थिक गतिविधी सुस्त

बैंक तथा वित्तिय संस्थाहरुले कर्जा लगानी ठप्प बनाइ असुलीमा कडाइ गर्न थालेपछि म्याग्दी जिल्लाको आर्थिक गतिविधी ठप्प प्रायः बनेको छ ।
बाणिज्य तथा विकास वैंकहरुले केही महिना अघि देखी लगानी बन्द गरेका थिए । दैनिक बचत संकलन गर्ने र सानो लगानी गर्दै आएका बचत तथा ऋण सहकारी संस्थाहरुपनि लगानी योग्य रकम अभाव भएपछि संकटमा परेका छन ।
‘१० हजार ऋण माग्न १० वटा वैंक र सहकारी चाहरें कसैले दिएन’ बेनी नगरपालिका, ८ बस्ने मनबहादुर क्षत्रीले भने, ‘बैंकले सुन राखेर ऋण माग्दा पनि दिएनन । सहकारीले मुद्धती खाता धितो राखेर आधा पैसा ऋण माग्दा पनि सक्दैनौं भन्छन ।’
सदरमुकाम बेनीमा मात्र १६ वटा बाणिज्य बैंक र ३ वटा विकास बैंक, १२ वटा लघुवित्त र १८ वटा बचत तथा ऋण सहकारीले निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन ।
बजारमा आर्थिक गतिविधी सुस्ताएपछि बचत तथा ऋण सहकारी दैनिक बजारबाट संकलन गर्ने बचत घट्न थालेको छ । सहकारीमा राखेको रकमसमेत निक्षेपकर्ताले धमाधम झिक्न थालेपछि लगानी प्रायः बन्द गरेका छन ।
‘बैंकले लगानी रोकेका छन । ऋण नविकरण गर्न मान्दैनन । बजारबाट दैनिक बचत घटेको छ । सहकारीहरुले पनि पैसा जम्मा गर्न सकेका छैनन । बचतको आशामा निक्षपमा ब्याज बढायो, ऋणी झन मर्कामा परे, पैसा उठेन’ बेनीका प्रतिष्ठित ब्यावसायी तथा कस्तुरी बहुउदेश्यीय सहकारीका अध्यक्ष समेत रहेका राजेश शाक्यले भने, ‘निक्षेपकर्ताले बैंक तथा सहकारीहरुबाट साधारण खाताबाट मात्र होईन मुद्धती खाताको रकम समेत धमाधम झिकेका छन । सवै सहकारीको हालत खराव हुँदैछ ।’
हाइपर फण्ड र युरोप, जापान, अमेरिका अध्ययनकालागी जाने विद्यार्थी मार्फत ठूलो रकम जिल्लाबाट बाहिरीने गरेको छ । खाडी मुलुकबाट भित्रने रेमिटेन्सको ८० प्रतिशत रकम विकसित देश फर्कने गरेको छ ।
तरलताले बजारमा आर्थिक संकट उत्पन्न भै ब्यवसाय घटेपछि भएको लगानी कर्जा र ब्याज असुली समेत रोकिएकोले समस्यामा परेका सहकारीहरुले जनाएका छन । हिजो ऋण माग्नेको लाईन हुन्थ्यो अहिले बचन फिर्ता माग्नेको लाइन लाग्ने गरेको छ ।
‘सहकारीको निक्षेप फिर्ता हुने र दैनिक बचत घट्नेहुँदा बचत तथा ऋण सहकारी संस्थाहरु लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन’ जिल्ला सहकारी संघका अध्यष प्रेमबहादुर कार्कीले भने, ‘तरलता संकट बढेपछि बैंकहरुले मात्र होईन कर्जा लगानीमा सहकारीले पनि रोक्नु पर्ने अवस्था आएको छ ।’