FLASH NEWS
  • Loading...

मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२१ पटक पढिएको
मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले अाज विहान ६ बजे प्रकाशित गरेकाे माैषमी पुर्वानुमान वुलेटिन अनुसार हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

अाइतवार अाज दिउँसाे प्रदेश नं १, मधेस प्रदेश ,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै भाेली साेमबार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलवार भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।