FLASH NEWS
  • Loading...

बिच भलिबलमा म्याग्दीकी कमला र मनिषाको जोडीलाई उपाधि

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७५ पटक पढिएको
बिच भलिबलमा म्याग्दीकी कमला र मनिषाको जोडीलाई उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबमा अावद्ध म्याग्दीकी कमला पुन र मनिषा चौधरीको जोडीले पहिलो सञ्जय स्मृति राष्ट्रिय स्तरको महिला बिच भालिबलको उपाधि जितेका छन् ।

पाल्पाको रानीमहलमा शनिबार भएको फाइनलमा कमला र मनिषाको जोडीले लुम्बिनी प्रदेशकी सरस्वती कट्टेल र भावना डाँगीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो सेटमा २१–८ को सोझो सेटमा जित निकालेको कमला र मनिषाको जोडीले दोस्रो सेटमा २१–१७ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

च्याम्पियन कमला र मनिषाको जोडीले १ लाख रुपैया, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता सरस्वती र भावनाको जोडीले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । शनिबारै सुदुर पश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा २४ चैतदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीय टोली (पुलिस र एपीएफ) सँगै सात प्रदेशका एक जोडीको सहभागिता रहेको थियो ।