FLASH NEWS
  • Loading...

अक्सिजन प्लान्ट थप्दै बेनी अस्पताल

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९४ पटक पढिएको
अक्सिजन प्लान्ट थप्दै बेनी अस्पताल

विशेषज्ञ डाक्टर अभावमा रिफरल अस्पतालको रुपमा रहेको बेनी अस्पतालले नयाँ अक्सिजन प्लान्ट थपेको छ ।
५० किलोग्राम क्षमताका दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको बेनी अस्पतालले थप दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्नेगरी प्लान्ट स्थापना गरेको छ । अस्पतालले गत वर्ष मात्र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको ७५ लाख सहयोगमा अक्सिजन उत्पादन प्लान्ट संञ्चालन गरेको थियो । अहिले फेरी गण्डकी प्रदेशको ७५ र संघको ७५ लाख गरी एक करोड ५० लाखको लागतमा दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने नयाँ प्लान्ट थप गरेको हो ।
‘दैनिक ७५ सिलिण्डर भर्ने क्षमताको अर्को अक्सिजन उत्पादन प्लान्ट थपेका छौ । जिल्लाका सवै स्वास्थ्य संस्थामा सहज उपलब्ध हुनेगरी अक्सिजन बैंकको रुपमा राख्ने योजना छ’ बेनी अस्पताल ब्यवस्थापन समितिका सदस्य एवं निर्माण संयोजक बेलबहादुर कटुवालले भने, ‘नयाँ प्लान्ट संञ्चालनमा आएपछि हाईड्रो र निर्माण क्षेत्रमा बाहेक सवैलाई अक्सिजन किन्न पाउने छन । अक्सिजनको सहयोगमा घरमै रहन विरामीले अव बजारमा महंगो मुल्य पनि तिर्नु पर्दैन ।’
बेनी अस्पतालमै अक्सिजन प्लान्ट संञ्चालन भएपछि दुर्गमका अक्सिजन दिनु पर्ने विरामीलाई ठूलो राहत भएको छ । अस्पतालमा हाल २ वटा भेन्टीलेटरसहित ५ बेडको सघन उपचार कक्ष (आईसियु) रहेको छ । बेनी अस्पताललाई १५ बेड क्षमताबाट ५० वेडमा स्तर उन्नत गरेपनि कार्यान्वयन भएको छैन ।
बेडमा जडित अक्सिलन प्रतिघन्टा ५ केजी दिंदा १० जनालाई, १५ केजी दिंदा ५ जनालाई र २५ केजी हाई स्पीड फ्लो अक्सिजन दिंदा ३ जना विरामीलाई अक्सिजन दिन मिल्छ ।
‘बेनीमै अक्सिजन उत्पादन सुरु भएपछि अस्पताल भर्ना भएका विरामीलाई मात्र होईन, घरमै नियमित अक्सिजन दिएर राख्नु पर्ने दिर्घ रोगलाई धेरै राहन भएको छ’ बेनी नगरपालिका, ८ बेनीका हरीमायाँ पुनले भनिन, ‘आमालाई नियमित अक्सिजन दिनु पर्ने, बजारमा किन्न गयो, हाईड्रो समेत ठूलो ग्याँस वेल्डिङ गर्नेहरुले सवै उठाई दिएपछि एउटा अक्सिजन सिलिण्डर लिन पोखरा पुग्नु पर्ने त्यो पनि सहज पाईन्नथ्यो । अहिले सजिलो भएको छ ।’
बेनी अस्पतालले अक्सिजन प्लान्ट माक्र होईन, जनशत्ति अभावमा पनि परिक्षण तथा उपचारमा आवश्यक पर्ने प्रविधी एवं उपकरणयुक्त बनाउँदै लगेको छ । अस्पतालले पछिल्ला केही वर्षमा अटो एनलाईजर मेशिनबाट २४ घन्टा ल्याव सेवा, डिजिटल एक्सरे, इकोसमेतको युएसजी (भिडियो एक्सरे), हर्निया, हाईड्रोसिल, एपिण्डाइस र शल्यक्रियाबाट सुरक्षित सुत्केरी (सिएस), डायलाइसिस सेवा र दन्त सेवा दिँदै आएको छ ।
अस्पतालमा ६० जना विरामीले नियमित डायलाइसिस गरिरहेका छन । डायलाइसिस सेवा नियमित गर्न जडान गरिएको ६२ केभिए र २० केभिए क्षमताका दुई वटा विधुत ब्याकअप जडान भएपछि अस्पतालको ल्याव, रक्तसञ्चार, एक्सरे समेतका सेवा पनि नियमित भएको छ ।
बेनी अस्पताल प्रशासनका अनुसार अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, बरिस्ट रेडियोलोजिष्ट, रेडियोथेरापिष्ट, फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थिेसियालोजिष्ट, पेडियाट्रिसियन (वालरोग), गाईनोलोजिष्ट, अर्थोपेडिक (हाडजोर्नी), साईक्याट्रिक्स (मनोरोग), फिजियो थेरापिष्ट, नसिङ्ग अधिकृत समेत ११ जना विशेषज्ञ (कन्सल्टेन्ट) डाक्टर समेत ६९ जना श्वास्थ्यकर्मीको दरवन्दी रहेको बेनी अस्पतालमा अहिले २ जना मेडिकल अधिकृत समेत २७ जना कार्यरत छन ।