FLASH NEWS
  • Loading...

मोतिया विन्दु खोज्दै नेत्र ज्योति संघ म्याग्दी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९५ पटक पढिएको
मोतिया विन्दु खोज्दै नेत्र ज्योति संघ म्याग्दी

नेत्र ज्योति संघ म्याग्दीले मोतिया विन्दु भएका विरामीहरु पहिचान (स्क्रिनिङ)गर्न बेनी नगरपालिका वडा नं ३ भकिम्ली, ९ तोरीपानी र १० पात्लेखेतमा आँखा परिक्षण शिविर संञ्चालन गरेको छ ।
संघको म्याग्दी अध्यक्ष अमर बानियाँका अनुसार भकिम्लीमा २ सय ४५ जनाको आँखा परिक्षण गर्दा ६ जनामा, पात्लेखेतमा २ सय ९७ जनाको आँखा परिक्षण गर्दा ३ र तोरीपानीमा ३ सय ३१ जनाको आँखा परिक्षण गर्दा ३ जना गरी १२ जनामा मोतिया विन्दु भएको फेला परेको थियो ।
नेत्र ज्योति संघको आयोजना र बेनी नगरपालिका तथा स्थानीयदाताबाट सहयोग जुटाएर गरिएको मोतिया विन्दु पहिचान शिविरबाट पत्ता लागेका मोतिया विन्दु भएका सवै विरामीको निकट भविश्यमा बेनीमा आयोजना गरिने आँखा उपचार शिविरमा शल्यक्रिया गरिने छ ।