FLASH NEWS
  • Loading...

म्याग्दीमा पनि चेतनामूलक कार्यक्रम गरेर विश्व क्षयरोग दिवस

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७४ पटक पढिएको
म्याग्दीमा पनि चेतनामूलक कार्यक्रम गरेर विश्व क्षयरोग दिवस

म्याग्दीमा अाज विश्व क्षयरोग दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाईयाे । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका क्षयराेग फाेकल पर्सन गणेश सुवेदीका अनुसार म्याग्दीमा अहिले ७८ जना िटवी संक्रमितले नियमित अाैषधी सेवन गरिरहेका छन । यीमध्य ४८ जना गत अाव फेला परेका र ३० जना चालु अावमा फेला परेका संक्रमित हुन । फाेकल पर्सन सुवेदीका अनुसार एक अध्ययन अनुसार म्याग्दीमा प्रति एक लाखमा दुइ सय १६ जनामा क्षयराेग संक्रमण छ ।

एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।

यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ ।