FLASH NEWS
  • Loading...

एनआरएनए अध्यक्षमा म्याग्दीका विनोद कुँवर चयन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२७ पटक पढिएको
एनआरएनए अध्यक्षमा म्याग्दीका विनोद कुँवर चयन

गैरआवासीय नेपाली संघ (एनआरएन)पूर्वअध्यक्ष संरक्षक शेष घले समुहकाे याक एण्ड यति होटल जारी सम्मेलनले म्याग्दीका विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । 

यद्यपि, एनआरएनएका विगठित अध्यक्ष कुमार पन्त समुहले भने यो महाधिवेशनलाई मान्यता नदिने बताएको छ । पन्त समूहले छुट्टै महाधिवेशन गरी तीन जनालाई अध्यक्ष बनाउन विधान संशोधनको तयारी गरेको छ । 

एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ निर्वाचन समिति बनाएका थिए ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको कार्यसमितिले गत अक्टोवरमै गराउनु पर्ने निर्वाचन गराउन सकेको थिएन । लामो समय निर्वाचन हुन नसकेपछि घलेले कार्यसमिति विघटन भएको घोषणा गर्दै उपाध्यक्ष लामाको संयोजकत्मा महाधिवेशन आयोजक समिति बनाएका थिए ।

मंगलबारदेखि सुरु भएको महाधिवेशनमा बुधबार मनोनयनको समय तोकिएको थियो । निर्धारित समयमा कोरियावासी कुँवरले मात्रै अध्यक्षमा उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् भने महासचिवमा जानकारी गुरुङ चयन भएका छन् । यसैगरी सचिवमा जुनु गूरुङ र कोषाध्यक्षमा डिलामा खरेल चयन भएका छन् ।