FLASH NEWS
  • Loading...

खण्डन प्रकाशित गरिएको

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६९ पटक पढिएको
खण्डन प्रकाशित गरिएको

यस पुनहिल डिजिटल पत्रिकामा ०७८ चैत २ गते ‘समितिका सदस्यबाट असुरक्षित भन्दै प्रहरी कार्यालय पुगे बेनी अस्पतालका डाक्टर’ शिर्षकमा प्रकाशित समाचारमा बेनी अस्पताल ब्यवस्थापन समितिका सदस्य विज्ञान शर्माले अस्पतालका मेसु डा. जीतेन्द्र कंडेल सरुवा भै सकेको र ७० लाख इन्सेन्टीभको लोभमा बसेको भन्ने आरोप लगाएको ब्यहोरा प्रकाशित भएकोमा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जीतेन्द्र कंडेलले उक्त समाचारमा उल्लेख भएको आफ्नो सरुवा भएको र ७० लाख इन्सेन्टीभ दुवै विषय सत्य नभएको भन्दै खण्डन गरेका छन ।
हामी सोही अस्पताल ब्यवस्थापन समितिका जिम्मेवार सदस्यले दिएको सूचनालाई विश्वास राखी समाचार प्रकाशित गरेका हौं । हाम्रो समाचारले डा. कंडेलमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै प्रकाशित समाचारको उक्त वाक्याशं सच्याएका छौं । –सम्पादक ।