FLASH NEWS
  • Loading...

बेनीमा थकाली समुदायको ‘तोरनल्ह’ पर्व

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२९ पटक पढिएको
बेनीमा थकाली समुदायको ‘तोरनल्ह’ पर्व

म्याग्दीमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायले तोरन ल्ह (फागु पूर्णिमा) पर्व बेनीमा मनाएका छन् । थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक बर्ष तीनदिनसम्म तोरन ल्ह पर्व मनाउने गर्छन ।

यस पर्वमा थकाली समुदायले पित्रीहरुलाई सम्झिएर पुजाआजा गर्ने, आफन्तहरुलाई बोलाएर मिठो परिकारहरु खुवाउने र आर्चरी( तारो हान्ने) खेल्ने परम्परागत चलन छ । थकाली समुदायको भवनमा स्थानीय खेलाडीहरुले तारो हान्ने प्रतियोगिता सुरु गरेका छन् । तारो खेल थकाली समुदायको पहिचनसंग जोडिएको छ।