FLASH NEWS
  • Loading...

युक्रेनमा दुई पत्रकार मारिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१५ पटक पढिएको
युक्रेनमा दुई पत्रकार मारिए

फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । किभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।

उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन् । फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि ‘हृदयविदारक दिन’ भएको बताइन् । स्कटले जाक्रजेव्स्की पत्रकारको रूपमा जोश र प्रतिभा बेजोड रहेको जिकिर गरिन् ।

’जाक्रजेव्स्की एक युद्ध क्षेत्र फोटोग्राफर थिए जसले फक्स न्यूजका लागि इराकदेखि अफगानिस्तानदेखि सिरियासम्म हामीसँगको आफ्नो लामो कार्यकालमा लगभग हरेक अन्तर्राष्ट्रिय कथाहरू कभर गरे’, उनले भनिन् ।