FLASH NEWS
  • Loading...

नौमतीको रागमा नारी विद्राेह

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३४९ पटक पढिएको
नौमतीको रागमा नारी विद्राेह

|gf}dlt afhfsf] /fudf /dfp“b} DofUbLsf dlxnf M DofUbLsf] a]gL gu/kflnsf, $ /fS;]sf dlxnfx? gf}dlt afhf ahfp“b} . k/Dk/fb]vL k'?ifn] dfq ahfpg] u/]sf] gf}dlt afhf dlxnf cem afx'g, IfqL dlxnfn] ahfp“b} cfly{s nfe lng yfn]sf 5g . t:jL/ M 3gZofd v8sf, sflGtk'/

११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन महिलाहरु नौमती बाजा बजाउँदै सडकमा निक्लेपछि हेर्ने भीड लाग्यो ।
परम्परादेखी पुरुषले मात्र बजाउने गरेको नौमति बाजा महिलाहरुले बजाएको देख्दा धेरैले अनौठो माने । नौमति बाजा बजाउने महिला त्यसमा पनि अझ बाउन, क्षत्री जातीका ।
परम्परागत हिन्दु नेपाली समाजमा नौमति भन्ने वित्तिकै दमाई जातीले बजाउने बाजा भन्ने बुझाई थियो । अव नौमति बाजा दमाई जातीले मात्र बजाउने बाजा रहेन, सवै जातिका महिला र पुरुषले बजाउन थालेका छन ।
सामाजिक मर्यादाको कारण देखाउँदै परम्परा बाजा बजाउने समुहले पेशा परिवर्तन गर्न थालेपछि लोपोन्मुख नौमति बाजा संरक्षणमा अन्य जातिका मान्छे पनि सक्रिय हुन थालेका हुन । नौमति बाजा बजाउन बेनी नगरपालिका, ४ राक्सेका ११ जना महिलाले दुई वर्ष अघि सामाजिक विद्रोह गरेका हुन । महिलाहरुले बजाएको नौमति बाजाको धुन सुन्दा जति
जति रमाईलो लाग्छ, घरबाट बाजा समाउन निक्लन भने यहाँका महिलाले धेरै लान्छना खेप्नु परेको थियो । नौमति बाजा बजाउनेमा ३५ बर्षमाथीका ५५ बर्षसम्मका महिलाहरु सकृय छन ।

‘ब्रामण बाहुल्य समाजमा अझ ब्रामण महिलाले परम्परादेखी दमाई जातिले मात्र बजाउँदै आएको नौमति बाजा समाउन, बजाउन र सामाजिक संस्कारमा बाजा बजाउन हिंड्न कहाँ सजिलो थियो र ? थुप्रै अपमान, हेलाहोचो र खिस्सीट्युरी सहेका छौं’ महिला नौमति बाजा समुहकी संयोजक हिरा पौडेलले भनिन, ‘अपमानको विष पिएर सरस्वातीको वाहन समाएका हौं, कर्म बनाउने निर्णय गरेका हौं । समाज परिवर्तन गर्न भाषण भन्दा काम गर्न कोही अगाडी सर्नै पथ्र्यो ।’

नौमति बाजाको राग निकाल्ने सहनाई हिरा पौडेल र मैना खत्रीले बजाउँछन । लक्ष्मी पौडेल, राममायाँ किसानले टेम्पो बजाउँछन भने झ्यालीमा भगवती सुवेदी । गिता कार्की र नन्दकली शर्माले कर्नाल फुक्छन । नरसिंङ्ग भने विष्णु विकले बजाउँ छिन । शान्ति पौडेल, मीना खत्री, लक्ष्मी खत्री र डिलकुमारी बानियाँले दमाहा बजाउँछन ।
नौमती बाजाका फरक–फरक बज्ने धुनका विशेषता छन । छालाले मोडेर बनेको दमाहा, ढोलक र टेम्कोलाई ठोकेर बजाईन्छ । सहनाई, नर्सिङ्ग, कर्नाल जस्ता फुकेर बजाईन्छ । पञ्चेबाजाको समुहमा पाँच किसिमका एकसरा बाजाहरु सहनाई, ढोलक, झ्याली, दमाहा र ट्याम्पो पर्छन । सहनाई र दमाहा, कर्नालको जोडी समेत, नरसिंगा र झ्यालीसमेतका नौ वटा बाजाको समुहलाई नौमती बाजा भनिन्छ ।
पछिल्लो पुस्ताले नौमति बाजालाई संस्कृति र संस्कारको रुपमा सहज स्वीकार गर्दै समाजका कथित उपल्ला जातिका मान्छेहरु बजाउन अग्रसर हुन थालेका छन । अझ परम्परागत समाजमा पुरुषहरुले मात्र बजाउँने गरेको नौमति बाजालाई हिजोआज महिलाले समेत बजाउन थालेका छन ।
नौमति बाजा सिक्न उनीहरुले राक्से आमा समुहको कोषबाट प्रकाश दर्जीलाई दैनिक पारिश्रमिक दिएर तालिम लिएका हुन । महिलाले नौमति बजाउन थालेपछि बेनपा, ४ वडा कार्यालयले महिला लक्षित कार्यक्रम अन्र्तगत एक लाख ५० हजार खर्चेर बाजा सेट र एक लाख रुपैयाँ खर्चेर बाजा बाजा बजाउन जाँदा लगाउने पोसाक तथा मर्मत खर्च दिएको हो ।
‘बाजा बजाउनेको संख्या विस्तारै विस्थापित हुँदै नौमतीबाजा थन्किएका थिए । हामीले यस्को लय र धुनको संरक्षण चाहेका हौं’ दमाहा बादक ५० बर्षिय लक्ष्मी बानियाँले भनिन, ‘महिलालाई आर्थिक उपार्जनको नयाँ श्रोत देखाउन चाहेका हौं । युवा पींढीलाई नौमतीको राग,लय र धुनमा आर्कषण गर्नु तथा परम्परागत नौमतीबाजाको सस्कृती संरक्षण गर्नु अर्को उद्देश्य हो ।’
समुदायले पनि विस्तारै महिलाको नौमति बाजालाई स्वीकार गर्न थालेको छ । विभिन्न कार्यक्रम, सांस्कृतिक पर्व, व्रतवन्ध, चौरासी पुजा समेतका धार्मिक कार्यमा पनि माग बढेको छ । महिलाहरुले नौमति बाजा बजाउन शुल्क तोकेका छन । केही घन्टाका कार्यक्रमहरुमा बाजा बजाएको १५ हजार र व्रतवन्ध, चौरासी पुजा समेतका दिनभरका कार्यक्रममा बाजा बजाएको भने ३० हजारबढी ज्याला तोकेका छन ।
‘महिलाले दिनभर बाजा बजाएर मात्र बेलुका भान्सा पाक्दैन, छोराछोरीलाई खाना पुग्दैन । निमेक छोडेपछि पारिश्रमिक लिनै पर्छ नि’ अगुवा हिरा पौडेलले थपिन, ‘हामीले शिपलाई जात, लिङ्गसँग जोड्ने मान्यता तोड्दै महिलालाई आयआर्जनको नयाँ क्षेत्रमा जोड्न चाहेकोले पारिश्रमिक त लिन्छौं, पाको उमेर र अभ्यस्त नभएकोले रागमा निखार ल्याउन अझै मेहिनत गरिरहेका छौं ।’
गाउँघरमा हिजो आज करुण, मंगल र आल्हाद भाव मिसिएको बेहुली अन्माउने धुन होस वा जन्तीहरु उफ्रि, उफ्रि नाच्ने २२ तालको राग सारंङ्ग बज्न छोडेको छ । फेरिदो जीवनशैली र सामाजिक असुरक्षाले विहेको लगन रातीबाट दिउँसो सारिएपछि पनि नौमति बाजाको धुनमा कमी आएको हो ।