FLASH NEWS
  • Loading...

बेनी अस्पतालको फोहोर विद्यालयमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८८ पटक पढिएको
बेनी अस्पतालको फोहोर विद्यालयमा

बेनी अस्पतालको शौचालय तथा वाथरुमबाट निक्लने पानी ब्यवस्थापन नहुँदा तल्लो कान्लामा जोडिएको विद्यालय प्रदुसित भएको छ ।
अस्पतालको क्यान्टीन, प्रसुती कक्ष, एक्सरे, इसिजी, वायोमेडिकल र पुस्तकालय कक्षले प्रयोग गर्ने शौचालय तथा बाहिर राखिएको पानीको धाराबाट निक्लने पानी सोझै तल वालमन्दीर आधारभुत विद्यालयमा खसालीएको छ ।
अस्पतालको फोहोरपानी तल कान्लामा जोडिएको विद्यालयको छतहुँदै भित्ता भिजेर कक्षा कोठासम्म पुगेको विद्यालयले जनाएको छ । अस्पतालको उक्त शौचालय रहेको क्षेत्रबाट पानी मात्र होईन प्रसुती भएका महिलाले प्रयोग गरी फालेका स्यानीटरी प्याड पनि जथाभावी फालिएको देखिन्छ । जुन विद्यालयको भवनको पछाडीको भित्तामा झाडीमा फालिएका फोहोर स्यानीटरी प्याड तल विद्यालयको छतमा पनि खस्ने गरेको छ ।


‘हामीले धेरै पटक फोहोर पानी झरेर विद्यालय प्रदुशित भएकोले दुषित पानी ब्यवस्थापन गर्न अस्पताललाई आग्रह गरेपनि कसैले चासो दिएको छैन’ वालमन्दीर आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनबहादुर चर्मकारले भने, ‘विपन्न तथा न्युन आय भएका मजदुरका छोराछोरी मात्र अध्ययनरत विद्यालयलाई सरसफाईमा अगुवाई गर्नु पर्ने अस्पतालले वास्ता गरेन ।’
करिव २० फिट अग्लो कान्लाको माथी डिलमा अस्पताल र तल भुईमा कान्लामा जोडिएर विद्यालय भवन छ । अस्पतालले बलौटे माटो भएको भित्ताको डिलमा शौचालय र सोफिट निर्माण गरेको छ । पानीले भिज्दै जाँदा कुनै पनि वेला उक्त सोफिटसहित कान्ला भत्कने जोखिम पनि उत्तिकै छ ।
‘अस्पतालको क्यान्टीन र प्रसुती कक्षको विचमा रहेको शौचालय र पानीको धारामध्य शौचालयको पानी गएको हैन । बाहिर रहेको धाराबाट पानी मात्र तल विद्यालयमा खसेको रहेछ । एक दुई दिनभित्र उक्त समस्या समाधान गर्छु’ बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.जीतेन्द्र कंडेलले भने, ‘शौचालयको सोफिट त डिलमै बनेको छ । अस्पताल भवन समयमै निर्माण नहुँदा डिलमा अस्थाई सोफिट बनाएका हौं । जोखिम देखियो भने हटाउछौं ।’