FLASH NEWS
  • Loading...

९ वर्षका बालक बिना टिकट विमान चढेर ३ हजार किलोमिटर टाढा पुगे, कसैले थाहै पाएनन्

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८० पटक पढिएको
९ वर्षका बालक बिना टिकट विमान चढेर ३ हजार किलोमिटर टाढा पुगे, कसैले थाहै पाएनन्

न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्टअनुसार यी बालकले घरबाट निस्किनुभन्दा पहिले गुगलमा ‘कसैको नजरमा नपरीकन विमानमा कसरी बस्ने ?’ भनेर खोजी पनि गरेका थिए । यी बालकको नाम इमानुअल मार्क्युज डि ओलिभेरा हो जो ब्राजिलको मानाउस सहरमा मातापिताको साथमा बस्छन् । रिपोर्टका अनुसार गत हप्ता इमानुएलका मातापिता बिहान उठ्दा उनी आफ्नो कोठामा थिएनन् । उनकी आमाका अनुसार बिहान साढे ५ बजेतिर उनले छोरालाई सुतिरहेको देखेकी थिइन् तर त्यसको २ घण्टापछि हेर्दा उनी कोठामा थिएनन् ।

 

उनीहरुले आत्तिएर छोरालाई खोज्न थाले । दिनभर खोज्दा नभेटिएपछि अन्ततः पुलिसमा खबर गरियो । उता इमानुएल भने बिहानै घरबाट निस्केर नजिकैको विमानस्थल गएका थिए । त्यहाँ उनी सबैको नजरबाट जोगिएर त्यहाँबाट करिब ३ हजार किलोमिटर टाढाको गुआरुलहोस सहर जाने बिमानभित्र गएर बसे । केही बेरमा विमान उड्यो र उनी ३ हजार किलोमिटर टाढाको सहरमा पुगे । उनले गुगलमा विमानमा बिना टिकट यात्रा गर्ने विषयमा सर्च गरेको भए पनि उनले कसरी सुरक्षालाई झुक्याएर भित्र पुगे भन्ने जाँच भइरहेको छ ।

रिपोर्टका अनुसार इमानुएलको परिवारले २६ फेब्रुअरीमा उनी हराएको पुलिसमा रिपोर्ट गरेका थिए । यही बीचमा जब इमानुएल गुआरुलहोस पुगे त्यहाँको स्थानीय पुलिसले उनलाई फेला पारेपछि उनलाई पुनः मानाउस पुर्याइदिएको छ । मानाउस विमानस्थलले यी बालक बिना टिकट र बिना कुनै अन्य दस्तावेज विमानमा कसरी बसे भन्ने विषयमा जाँच गरिरहेको छ । जाँचमा बालकमात्र नभइ उनका परिवारका कुनै पनि सदस्यको कुनै आपराधिक इतिहास भेटिएको छैन । *अन्य अनलाइनबाट