FLASH NEWS
  • Loading...

सगरमाथा चढ्न अाज सगरमाथा तर्फ जाँदै म्याग्देली चेली दीया पुन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८८ पटक पढिएको
सगरमाथा चढ्न अाज सगरमाथा तर्फ जाँदै म्याग्देली चेली दीया पुन

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुन अाज वुधवार सगरमाथा तर्फ लाग्दै छिन । पुनलाइ उनी संलग्न फिल्म ‘मन्त्र’ टिमले शुभकामना दिदै विदाई गरेको छ ।

‘मन्त्र’मा दीयाले मुख्य भूमिका निर्वाह गरेकी छन् । मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘मन्त्र’ टिमले दीयालाई विदाई गरेको हो ।

पुनकाे आरोहणमा किर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन । एलिट एक्सिपिडिसन दल मार्फत दीयाले आरोहण गर्न लागेकी हुन् । मौसमले साथ दिएमा दीयाले ६ अप्रिलमा सगरमाथा (८,८४८.८६ मि) चुचुरो चुम्नेछिन । दीयाले यसअघि अर्जेन्टिनाको माउन्ट ओकुनकागवा (६,९६१ मि) र विश्व कै आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मि)को सफल आरोहण गरिसकेकी छन् ।

सगरमाथा आरोहणको उत्सुकताबारे उनले अगाडि भनिन्, ‘सामागाउँमा चलचित्र छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’

दीया पुन अभिनित फिल्म ‘मन्त्र’ मनास्लुको आधार शिविर (४८०० मि) आसपासमा छायांकन गरिएको थियाे । फिल्ममा दीयासँगै बुद्धी तामाङ, नमिता घिसिङ र वीरबहादुर लामाको पनि मुख्य भूमिका छ ।