FLASH NEWS
  • Loading...

वन पैदावार ब्यवसायी संगठित वन्दै, कृष्ण जिसी अधयक्ष चयन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५० पटक पढिएको
वन पैदावार ब्यवसायी संगठित वन्दै, कृष्ण जिसी अधयक्ष चयन

म्याग्दी र सीमावर्ती जललजा गाउँपालिका (वारीवेनी)मा वनपैदावर (फर्निचर) ब्यवसायी संगठित हुन थालेका छन
शनिवार वेनीमा आयोजित फर्निचर उद्योग संञ्चालन गर्ने ब्यवसायीहरुको भेलाले नेपाल वनपैदावर उद्योग ब्यवसाय संघ जिल्ला तदर्थ समिति गठन गरेको छ ।
ँभारतीय ब्यवसायीक नाईकेले भारतिय फर्निचर मजदुरको समुह परिचायन गरी विना दर्ता, कर र ब्यवसाय संञ्चालन विना उपभोक्ताको घर–घर पुगी अस्वभाविक रुपमा मुल्य निर्धारणगरी उपभोक्तालाई ठग्ने गरेको र सो ठगीबाट नेपालको प्रचलित कानुन पालना गरीरहेको सोझासाझा ब्यवसायीको वदनाम भएको भन्दै जिल्लाका फर्निचन ब्यवसायी संगठित भएका हुन ।
शनिवारको फर्निचर ब्यवसायीको भेलाले पर्वत फर्निचरका कृष्ण जिसीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । एमाले, काँग्रेस, माओवादी केन्द्र, समाजवादी र विप्लव माओवादीहरु समेत सहभागी फर्निचर ब्यवसायीको भेलाबाट उपाध्यक्षमा दिनेश केसी, सचिवमा मुकुन्द शर्मा, कोषध्यक्षमा सुदीप बानियाँ, सहसचिवमा राजेन्द्र रेग्मी रहेका छन ।
त्यसैगरी सदस्यहरुमा राजकुमार क्षत्री, वलबहादुर विश्वकर्मा, खिलबहादुर विश्वकर्मा, गोविन्द रिजाल, ओमबहादुर किसान, विरेन्द्र किसान, लोकबहादुर हर्मेल, रिता खत्री, मिलन बानियाँ र समबहादुर विक रहेका छन ।
त्यस्तै भेलाले समितिको सल्लाहकारमा वालकृष्ण सुवेदी, प्रमोद श्रेष्ठ, कुविर श्रेष्ठ, डम्बर सापकोटा र छेमप्रसाद गर्वुजा मगर रहेका छन ।