FLASH NEWS
  • Loading...

रूसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम घोषणा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३९ पटक पढिएको
रूसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम घोषणा

|FILE PHOTO: Russian President Vladimir Putin chairs a meeting with members of the Security Council via a video link at the Novo-Ogaryovo state residence outside Moscow, Russia September 27, 2021. Sputnik/Alexei Druzhinin/Kremlin via REUTERS

रुसले युक्रेनका दुई सहरमा शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ ।

रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो । रुसको तर्फबाट गरिएको युद्धबिरामको घोषणामा ‘जबसम्म यहाँ फसेका सर्वसाधारणलाई बाहिर निकालिँदैन तबसम्म आक्रमण गरिने छैन’ भनिएको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ । 

१० दिनदेखि युक्रेनमा युद्ध जारी छ । रुसले लगातार युक्रेनमाथि आक्रमण गरिरहेको छ । यही बीचमा रुसले युद्धबिरामको घोषणा गरेको खबर आएको हो । रुस र युक्रेनबीच २ चरणमा वार्ता पनि भएको छ र तेस्रो चरणको वार्ता सम्भवतः आज वा भोलि सुरु हुँदैछ । युक्रेनमा त्यहाँका सर्वसाधारण नागरिकदेखि विदेशी नागरिकहरु समेत फसेका छन् । फस्नेहरुमा केही नेपाली पनि भएको बताइएको छ । यी फसेकाहरुलाई युद्धबिरामले ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

शनिबार युद्धबिरामको घोषणाभन्दा पहिले किभनजिकै बुकामा रुसी सेनाले आम जनतामा गोली चलाएको दावी गरिएको छ । युक्रेनको मिडियाले दावी गरेअनुसार रुसको सेनाले बुकामा एक कारमा फायरिङ गरेको हो । यो घटनाका १७ वर्षकी एक किशोरी समेत २ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४ जना घाइते भएका छन् । *एजेन्सीबाट