FLASH NEWS
  • Loading...

शिवरात्रीमा गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार भेटी संकलित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६० पटक पढिएको
शिवरात्रीमा गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार भेटी संकलित

हिजाे शिवरात्री पर्वमा बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटि संकलन भएको छ ।

मंगलबार महाँशिवरात्रीकाे अवसरमा गलेश्वरधाम दर्शन र पुजाआजा गर्न आएका भक्तजनले चढाएको भेटीबाट सो रकम संकलित भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले बताइन ।

काेषले शिवरात्रीका भाेलीपल्टै कोषका पदाधिकारी, प्रहरी र जनप्रतिनिधिको रोहबरमा भेटी गणना गरी अाम्दानी सार्वजनिक गरेकाे हाे ।  

प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि म्याग्दीका ग्रामिण भेगसंगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरा लगायतका ठाउँबाट ३० हजार जना भन्दा बढी भक्तजन आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाममा हिन्दु धर्मावलम्वीहरुको साझा तिर्थस्थल मानिन्छ ।