FLASH NEWS
  • Loading...

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०७ पटक पढिएको
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

युक्रेनमा रुसको आक्रमणका बीच एक युक्रेनी सैनिकको बहादुरी अहिले चर्चामा छ । यी सैनिकले रुसी सेनाका ट्यांकको लश्करलाई रोक्नको लागि पुल सहित आफैंलाई बमले उडाइदिए ।

युद्धमा आफ्नो जीवन अर्पण गर्ने यी युक्रेनी सैनिकको नाम भिटाली शकुन हो । युक्रेनको सेनाले भिटालीलाई हिरो बताउँदै उनको बहादुरीबारे सामाजिक संजालमा शेयर गरेको छ ।

रुसी सेनाले पछिल्लो समय निकै तीब्र रुपमा आक्रमण गरिरहेको छ । जवाफमा युक्रेनको सेनासहित सर्वसाधारणले पनि रुसी सेनाको प्रतिरोध गरिरहेका छन् । यही बीचमा खबर आयो कि क्रिमिया नजिकै खेरसान क्षेत्रमा बनेको पुल पार गरेर युक्रेन प्रवेश गर्नको लागि रुसी सेना तीब्र रुपमा अगाडि बढिरहेको छ । यस्तोमा उनीहरुलाई रोक्नको लागि युक्रेनी सेना अलर्ट भयो ।

डेलीमेलका अनुसार खेरसान क्षेत्रमा तैनाथ युक्रेनी सैनिक भिटाली शकुनले अगाडि बढेर मोर्चा सम्हाले र पुलसँगै आफूलाई पनि बम पड्काएर उडाइदिए । भिटालीले यस्तोयसकारण गरे ताकि रुसी सैनिक सहरमा प्रवेश गर्न नसकुन् । जानकारी अनुसार जुन पुललाई भिटालीले उडाइदिए त्यो पुलले रुस नियन्त्रित क्रिमियालाई युक्रेनसँग जोड्छ । भिटाली यो पुलको प्रबन्धन गरिरहेका थिए ।

भिटालीको बहादुरीलाई युक्रेनको सेनाले सलाम गर्दै भनेको छ रुससँग लड्नको लागि त्यहाँ विशेष मरिन बटालियन तैनाथ थियो । यो बटालियनका इन्जिनियर भिटाली शकुनले क्रिमिया नजिकै बनेको हेनिचेस्क पुलमा रुसी सैनिकविरुद्ध मोर्चा सम्हालिरहेका थिए ।

रुसी सेनालाई राजधानी किभतिर बढ्न नदिन पुललाई बम पड्काएर उडाइदिने निर्णय गरिएको थियो । पुल उडाउनको लागि भिटाली शकुनलाई बोलाइयो । पुललाई यसरी उडाउनु थियो कि सेना अगाडि बढ्न नसकोस् । भिटालीले आफ्नै ज्यान दाउमा राखेर अन्तिम साससम्म मिसन पूरा गरे । तर उनी त्यहाँबाट निस्किन सकेनन् । पुल उडाउनको लागि उनले जुन विष्फोट गराए त्यसमा उनको पनि मृत्यु भयो ।