FLASH NEWS
  • Loading...

फागुन २० गतेदेखी वडाबाट मतदाता नामावली सच्याउन पाइने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४८२ पटक पढिएको
फागुन २० गतेदेखी वडाबाट मतदाता नामावली सच्याउन पाइने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताको विवरणमा दाबीविरोधका लागि हरेक स्थानीय तहमा पठाएको छ ।

जिल्लाका सवै स्थानीय तहमा फागुन २० देखी २४ गतेसम्म मृत्यु भइसकेका, बसाइँ सरेका व्यक्तिको नाम हटाउने, कुनै व्यक्तिको दोहोरो नाम परे, उमेर, थर फरक परेकाे भए वडा कार्यालयबाट सच्याउन सकिनेछ । यसअघि निर्वाचन कार्यालयमै गएर सच्याउनुपर्ने बाध्यता थियो । मतदाता परिचयपत्र हराएको व्यक्तिले शुक्रबारसम्म निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

अायाेग जिल्ला कार्यालयका अनुसार  फागुन २२ गतेसम्म मतदाता अाफै वा परिवारका सदस्यले वडा कार्यालयमा गै प्रमुख नाम दर्ता अधकारीसमक्ष गै नाम, थर सच्याउने, २३ गते मृत्यु भएका वा नागरिकता त्यागेका वा वसाइ सराइ गरेका मतदाता उपर दावी विराेध दर्ता गर्ने र २५ गते दावी विराेध अनुसार स्थानीय पञ्जिकाधिकारीबाट विवरण भिडाइ २५ गते नाम दर्ता अधिकारीले मतदाता नामावली सच्याउने कार्यक्रम छ ।

‘आयोगमा रहेको मतदाता नामावलीमा त्रुटि हुन सक्ने भएकाले सच्याउन वडास्तरमा टाँस्न पठाइसकेका छौँ,’ आयोगका जिल्ला कार्यालयका सूचना अधिकारी सन्देश थापाले भने, ‘वडाबाट दाबीविरोधसहितको विवरण आएपछि आयोगले सच्याउनेछ । अनि मात्रै अन्तिम मतदाता नामावली तयार हुन्छ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र