FLASH NEWS
  • Loading...

रुस र युक्रेनबीच वार्ता सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४५ पटक पढिएको
रुस र युक्रेनबीच वार्ता सुरु

५ दिनदेखि जारी रुस र युक्रेनको युद्धका बीच आजदेखि दुई देशबीच वार्ता सुरु भएको छ । युक्रेनको सीमा नजिकै बेलारुसमा रुस र युक्रेनबीच वार्ता सुरु भएको हो । रुस र युक्रेनको प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुस पुगेका हुन् । युक्रेनको राष्ट्रपति कार्यालयका अनुसार रुससँग उसको वार्ताको मुख्य लक्ष्य तत्काल युद्धविराम र रुसी सैनिक फिर्ता पठाउनु हो ।

वार्ता सुरु हुनुभन्दा पहिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो ट्वीटर ह्याण्डलबाट केही ट्वीट गरेका छन् । उनले ट्वीटमा रुसी सैनिकहरुलाई आफ्नो ज्यान बचाएर फर्केर जान भनेका छन् ।

उनले अगाडि लेखेका छन् ‘जब म राष्ट्रपति पदको चुनाब लडिरहेको थिएँ त्यतिबेला भनेको थिएँ हामी सबै राष्ट्रपति हुनेछौं किनकि देशप्रति हामी सबैको जिम्मेवारी छ । अहिले त्यस्तै भएको छ । हामी सबै योद्धाजस्तै छौं ।’